काठमाडौं । ३० वर्षीय पर्यटक गाइड अनन्त राजुले २७ वर्षीया बेल्जियमकी प्रेमिका क्यामिलसँग विवाह गरेका छन् । girl came to visit from belgium fell in love with an indian now both got married viral love story :

उनीहरु दुवैले शुक्रबार भारत, कर्नाटकको विरुपाक्ष मन्दिरमा हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।

दुवैको भेट कोभिड महामारी सुरु हुनुअघि हम्पी (भारतको सहर) मा भएको थियो । जब क्यामिल आफ्नो परिवारसँग हम्पी घुम्न आएकी थिइन् । अनन्त राजुले उनलाई सहर घुमाएर इतिहाससँग सम्बन्धित जानकारी मात्र दिएनन्, राम्रो होटलमा बस्ने व्यवस्था पनि गर्दिए ।

क्यामिल आफ्नो परिवारसँग बेल्जियम फर्किइन्, तर दुवै सामाजिक सञ्जालमार्फत एकअर्कासँग सम्पर्कमा थिए । बिस्तारै दुईबीच मित्रता बढ्दै गयो । दुवैले आ–आफ्नो परिवारसमक्ष विवाह गर्ने इच्छा व्यक्त गरे, जसलाई दुवै परिवारले स्वीकार गर्यो ।

यसअघि भारतमा कोभिडका कारण जारी लकडाउनले क्यामिल भारत आउन सकिनन् । कोभिड प्रतिबन्ध हटेपछि क्यामिल हालै हम्पी आएकी हुन् । त्यसपछि उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका छन् । बिहीबारबाट सुरु भएको विवाहका सबै संस्कार शुक्रबार सम्पन्न भएको छ ।

सम्बन्धित खबरहरु