काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खानले इन्गेजमेन्ट गरेकी छिन् ।

उनले आफ्नो लामो समयदेखिको प्रेमी नुपुर शिखरेसँग नोभेम्बर १८ मा इन्गेजमेन्ट गरेकी हुन् । त्यस पार्टीमा परिवारका सदस्य र नजिकका साथीहरूलाई मात्र निम्तो दिइएको थियो ।

सो पार्टीमा फातिमा सना शेख पनि सहभागी भइन् । उनै फातिमाले पार्टीका केही भित्री तस्बिर सेयर गरेकी छिन्, जसमा उनी निकै रमाइलो गरिरहेकी छिन् । तस्बिरहरू सेयर गर्दै फातिमाले लेखेकी छिन्, ‘कस्तो दिउँसो !!!

तिमीहरूो माया मनाउँदै गरेको देख्दा खुसी लाग्यो । मेरो मन तिमीहरु दुबैको माया र स्नेहले भरिएको छ । म यसको एक हिस्सा बन्न पाउँदा खुसी छु । प्रेम प्रेम प्रेम ।’
हेरौँ केही तस्बिरहरू

यो तस्बिरमा फातिमा आइरा र नुपुरसँग पोज दिइरहेकी छिन् ।

पार्टीमा उनले आयरालाई धेरै माया गरिन् ।

उनले नुपुरसँग खुब नाँचिन् ।

आयरा र नुपुर लामो समयदेखि एकअर्कालाई डेट गर्दै छन् ।

त्यहाँ रहँदा उनले आयरासँग धेरै तस्बिरहरू क्लिक गरे र पार्टीमा रमाइलो गरिन् ।

फातिमा आयरा र नुपुर निकै नजिक छन् ।

पार्टीमा फातिमाले आफ्नो मन खोलेर नाचेकी थिइन् ।

के आमिर र फातिमा एक अर्कालाई डेट गर्दैछन् ?
केही महिनाअघि फातिमा र आमिर एकअर्कालाई डेट गरिरहेका खबर सार्वजनिक भएको थियो । फातिमाकै कारण आमिर र किरणको सम्बन्धविच्छेद भएको पनि बताइन्छ । दुबैले फिल्म दंगलमा एकसाथ काम गरेका छन् । त्यस फिल्ममा फातिमाले आमिर खानकी छोरीको भूमिका निभाएकी छिन् ।

नुपुरले केही महिनाअघि आयरालाई प्रपोज गरेका थिए
आयराले केही दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी थिइन्, जसमा नुपुरले उनलाई चर्चित ‘आइरन म्यान इटाली शो’ मा बिहेका लागि प्रस्ताव गरेका हुन् । त्यस भिडियोमा नूपुर रेसको पहिरनमा आइरासँग जान्छिन् । त्यसपछि उनले आयरालाई चुम्बन गर्छन् । त्यसपछि घुँडा टेकेर बसेका उनले औंठी निकालेर आयरालाई प्रस्ताव गर्दै भन्छन्, ‘मसँग बिहे गर्छौ ?’ आयराले तुरुन्तै नुपुरको प्रस्ताव स्वीकार गर्छिन् । त्यसपछि नुपुरले उनलाई त्यो औंठी लगाइदिए ।

सम्बन्धित खबरहरु