इलाम । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको छ ।

उहाँ ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै विजयी हुनुभयो । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित हुनुभएको थियो । उहाँ ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित हुनुहुन्छ । यो उहाँको पाँचौ पटकको जीत हो ।

इलाम नगरपालिका वडा नं. १ को मात्र मत गणना बाँकी रहेका बेला कांग्रेसले बखेडा झिकेर मत गणना रोकेका थिए । तर केही समयपछि आयोगले मतगणना अघि बढायो ।

कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको थियो । यहाँ संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भयो ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अगाडि हुनुभयो । अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको थियो ।

यो उहाँको पाँचौंपटक प्रतिनिधिसभा सदस्यको लागि प्रतिस्पर्धा हो । २०५६ यता लगातार चुनाव जितेर सांसद रहँदैआउनुभएका उहाँको यात्रा लगातार विजयको इतिहास रचियो । उहाँले इलाम–२ बाट चुनाव जित्नुभयो ।

अघिल्लो पटक एमाले–माओवादी केन्द्र (वाम गठबन्धन) का साझा उम्मेदवार रहनुभएका नेम्वाङले नेपाली कांग्रेसका प्रत्यासी केशव थापालाई करिब १० हजार मतको अन्तरले पराजित गर्नुभएको थियो । यसपटक उहाँले एक्लो एमालेको बलमा चुनाव जित्नुभयो ।

उहाँविरुद्ध सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्का चुनावी मैदानमा हुनुहुन्थ्यो । खड्का झिनो मतले पराजित हुनुभयो ।

उहाँले संविधानसभा अध्यक्ष भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ल्याउन खास भूमिका खेल्नुभएको छ ।

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आउनुभएको थियो । २०३३ सालमा राजद्रोहीको मुद्दामा केही समय जेल पर्नुभयो ।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको अध्यक्ष हुनुभएका उहाँ २०५६ को निर्वाचन जितेर कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्नुभयो । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष बन्नुभयो । त्यसपछि नेकपा एमाले संसदीय दलको उपनेताको रुपमा रहेर संसदीय भूमिका निर्वाह गर्नुभयो ।

 

सम्बन्धित खबरहरु