A huge increase in the number of corona infected in China for the fourth day
काठमाडौं । चीनमा कोरोना संक्रमण डरलाग्दो तरिकाले बढेको छ । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जानकारी दिएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जानकारी दियो ।
तीमध्ये ३ हजार ७०९ जनामा संक्रमणको लक्षण देखिएको छ भने ३६ हजार ८२ जनामा संक्रमणको लक्षण देखिएको छैन । शुक्रबार देशमा ३५ हजार १८३ नयाँ संक्रमित थपिएका थिए ।
राजधानी बेइजिङसहित चोङकिङ र ग्वाङ्झाउ जस्ता ठूला सहरहरूमा संक्रमणका थप घटनाहरू आइरहेका छन् । बेइजिङमा शनिबार ४ हजार ३०७ संक्रमितहरू देखिएका थिए ।
चोङकिङमा शनिबार ८ हजार ८ सय ६१ र शुक्रबार ७ हजार ७२१ जनामा कोरोना संक्रमण देखिएको छ । अर्कोतिर ग्वान्झाउमा शनिबार ७ हजार ४१२ र शुक्रबार ७ हजार ४१९ जनामा संक्रमण देखिएको थियो ।