The president of Taiwan suddenly resigned

काठमाडौं । स्थानीय चुनावमा आफ्नो पार्टी डेमोक्र्याटिक पिपुल्स पार्टी (डीपीपी)को कमजोर प्रदर्शनपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार अध्यक्ष पदबाट राजीनामा दिनु भएको छ ।

यी चुनावमा विपक्षी पार्टी कुओमिन्ताङ (केएमटी) ले राम्रो प्रदर्शन गरेको छ । केएमटीले राजधानी ताइपेई लगायत धेरै मुख्य शहरहरूमा जित हासिल गरेको हो ।

ताइवानमा हुन लागेको निर्वाचनमा सारा विश्वको नजर थियो । ताइवानलाई लिएर पछिल्लो समय चीन र अमेरिका आमनेसामने भएका छन्, जसकारण यो टापु विश्व राजनीतिमा चर्चाको केन्द्र बनेको छ ।

चीन र ताइवानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै राष्ट्रपति साइ इङ वेनले यस चुनावमा ‘लोकतन्त्रका लागि भोट’ भन्ने नारा दिएका छन् ।

शनिबार नतिजा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै साईले भनिन्, ‘चुनावको नतिजा हामीले सोचे जस्तो भएन । म यस परिणामको जिम्मेवारी लिन्छु र तत्काल प्रभावबाट डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु ।’

घरेलु मुद्दाहरू स्थानीय परिषद् र सहर मेयरको चुनावमा केन्द्रित थिए, जसमा अपराध, आवास र सामाजिक कल्याण जस्ता मुद्दाहरू केन्द्रित थिए ।

यी निर्वाचनहरू कुनै पनि हिसाबले चीन वा परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार नभए पनि देशको लोकतन्त्रका बारेमा सोचेर मतदान गर्न जनतालाई अपिल गरिएको थियो ।

सम्बन्धित खबरहरु