काठमाडौं । विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पु¥याउन एक सिट कम भएको सत्ता गठबन्धनले खभैरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो ।

यसपालीको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।

एमाले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं २ (२) र सुर्खेत क्षेत्र नं २ (१) मा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचन जित्नुभएका सुर्खेत क्षेत्र नं २ (१) का यामलाल कँडेल र क्षेत्र नं २ (२) का विन्दमान विष्ट, डोल्पा (२) का वीरबहादुर शाही र हुम्ला (२) जीवनबहादुर शाही यसपटक पुनः दोहिरिनुभएको छ । शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

कर्णाली प्रदेशसभाको २४ सिटमध्ये चारमा पुनः दोहिरिन सफल हुनुभएको छ । अठार नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको समेत अनुभव लिइसकेका छन् । कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली कांग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको थियो । कांगे्रस र माओवादी केन्द्रले नौ÷नौ तथा एकीकृत समाजवादीले दुवै सिट गुमाएको छ ।

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेशसभा (२)बाट कांग्रेस तथा हुम्ला (१) बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित हुनुभयो । मुगु प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र प्रदेश (२) मा माओवादी केन्द्रका मङ्गलबहादुर शाही निर्वाचित हुनुभयो ।

यस्तै जुम्ला प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला (२) मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी हुनुभयो । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा र डोल्पा (२) मा एमालेका धनचन्द्र वैजी विजय हुनुभयो ।

त्यस्तै, कालीकोट प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभयो । दैलेख क्षेत्र नं १ (१) र (२) मा कांग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी विजयी हुनुभयो । दैलेख क्षेत्र नं २ (१) मा कांग्रेसका घनश्याम भण्डारी र (२) मा एमालेका विनोदकुमार शाह विजयी हुनुयभयो ।

यसैगरी सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेसका खड्ग पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी हुनुभयो । सुर्खेत क्षेत्र नं २ (१) मा एमालेका यामलाल कँडेल र प्रदेश (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी हुनुभयो ।

यस्तै सल्यान प्रदेशसभा (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित हुनुभयो । रुकुम–पश्चिम प्रदेशसभा (१) र (२) मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा निर्वाचित हुनुभयो । जाजरकोट प्रदेशसभा (१) र (२) मा कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित हुनुभयो । प्रदेशसभा सदस्य ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी र कुर्मराज शाही यस पटक पराजित भएका छन् ।

कर्णालीका नवप्रवेशी प्रदेशसभा सदस्यहरु

सुर्खेत क्षेत्र नं १ (१) बाट कांग्रेसका खड्ग पोखरेल र १(२) बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान (१) बाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) बाट कांग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम (१) र (२) बाट क्रमशः माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट (१) र (२) बाट कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह पहिलो पटक कर्णाली प्रदेशसभामा प्रवेश गर्दैछन् ।

त्यस्तै, डोल्पा प्रदेश (१) बाट एमालेका शेरबहादुर बुढा, जुम्ला (१) बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र (२) बाट एमालेका टेकराज पछाई, मुगु (१) बाट एमालेका जीतबहादुर मल्ल र (२) बाट माओवादी केन्द्रका मङ्गलबहादुर शाही, हुम्ला (१)बाट माओवादी केन्द्रका रनसिंह परियार तथा कालीकोट (२) बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ ।

कालीकोट (१) का दुर्गबहादुर रावत यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । दैलेख क्षेत्र नं १ (१) र (२) का क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी, क्षेत्र नं २ प्रदेश (१) बाट घनश्याम भण्डारी पनि प्रदेशसभामा प्रवेश गर्ने नयाँ अनुहार हुन् । प्रदेशसभा (२) बाट निर्वाचित एमालेका विनोदकुमार शाह २०५१ सालमा नेमकिपाबाट दैलेख क्षेत्र नं २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रासस

 

 

सम्बन्धित खबरहरु