काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने दाबी गर्नुभएको छ । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँका अनुसार पाँच दलीय गठबन्धनको सरकारले आफ्नो कार्यकाल पुरा गर्छ । रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने विषय पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने जानकारी गराउनुभयो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर प्रधानमन्त्री टुंग्याउने उहाँले बताउनुभयो । उहाँले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु