काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो तीन दिनदेखी सुनको मूल्य स्थिर रहेको हो । अर्कोतिर चाँदीको मूल्यमा भने केही उतार चढाव आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले यस्तो जानकारी दिएको हो । आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय कायम गरिएको छ । आज तेजावी सुन ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दियो ।

यो मूल्य बिहीबारदेखि नै निरन्तर भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेपनि शुक्रबार र आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुँदैछ ।

सम्बन्धित खबरहरु