काठमाडौं । चिसो मौसम बढ्दै जाँदा सरकारले आगो बालेर घरभित्र बस्दा झ्याल ढोका खोलेर बस्न अनुरोध गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सूचना जारी गर्दै यस्तो बताउनु भएको हो ।

देशैभरि चिसो बढ्दै गएकाले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न आग्रह गरिएको हो ।

उहाँका अनुसार बढी चिसो हुने ठाउँमा दाउरा बालेर घरभित्र बस्दा अक्सिजनको अभावले निसासिएर धेरैले ज्यान गुमाएका घटना बाहिर आउने गरेका छन् । त्यसैले घरभित्र आगो बालेर बस्दा झ्याल ढोका खोलेर बस्न अनुरोध छ ।

डा. भट्टराईले चिसोमा हिमपात पर्नसक्ने भन्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन र घरभित्रै न्यानो लुगा लगाएर र तातो खानेकुरा खाएर घरभित्रै बस्न पनि सुझाव दिनुभयो ।

चिसो मौसममा बालबालिका,गर्भवती, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरु चिसोबाट बढी प्रभावित हुने भएकाले उनीहरुको विशेष ख्याल गर्नुपर्छ ।

सम्बन्धित खबरहरु