काठमाडौं । विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ ।

‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।

कार्यक्रम संयोजक उपसचिव पद्मकुमार मैनालीले वर्षको नाराबारे प्रष्ट पार्दै दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा हासिल गर्न समयसीमाको करिब आधा समय व्यतित भइसक्दा पनि लक्ष्य नजिक पुग्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनःविचार गर्नका लागि स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको छ ।”

हरेक वर्ष नोभेम्बर ८ मा विश्व सहरी योजना दिवस मनाउने गरिन्छ । यस्तै विश्व सहर दिवस अक्टोबर ३१ मा मनाउने गरिन्छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाइँदै आइएको छ । चाडपर्व र चुनावका कारण दुवै दिवस मनाउन ढिलो भएको मैनालीको भनाइ छ ।

“हामी संयुक्त रुपमा दुवै दिवस एकै दिन मनाउँदै छौँ” संयोजक मैनालीले भन्नुभयो । गोष्ठीमा राष्ट्रिय योजना आयोग, भक्तपुर नगरपालिका, बागमती गाउँपालिकालगायत संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्र्तक्रिया गरिने उहाँले बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु