काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सोविता गौतमले प्रमाणपत्र बुझ्नुभएको छ ।

सोविताले मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिने प्रतिनिधि सभा सदस्यमा विजयी भएको आधिकारीक प्रमाणपत्र आज बुझ्नुभएको हो ।

प्रमाणपत्र बुझेसँगै उहाँले लेख्नुभएको छ, काठमाडौं – २ को प्रेम र विश्वासको प्रमाणपत्र प्राप्त गरे । अब दत्तचित्त भएर जिम्मेवारी र वाचा पूरा गर्ने काम सुरु गर्छु । यहाँहरुको निरन्तर साथ, सहयोग र रचनात्मक खबरदारीको अपेक्षा छ ।

 

सम्बन्धित खबरहरु