bollywood ratri ke yatri 2 monalisa play a prostitution role adaa khan rashmi desai and shefali jariwala :

काठमाडौं । वेब सिरिज ‘रात्रि की यात्री’ को दोस्रो सिजनको सामाजिक सञ्जालमा चर्को चर्चा भइरहेको छ ।

जसमा मोनालिसासँग टिभी अभिनेत्री रश्मी देसाई, अदा खान र शेफाली जरिवालाले आफ्नो अभिनयको जादू चलाउनेछन् ।

यस सिरिजको टिजरमा धेरै बोल्ड दृश्यहरू प्रस्तुत गरिएको छ । यसैले हामीले ढोका बन्द गरेर, इयरफोन लगाएर मात्र हेर्नु भनेका छौ । लामो समयदेखि फ्यानहरू ‘रात्रि की यात्री २ ’ को ट्रेलरको प्रतिक्षामा थिए र यो प्रतिक्षा पनि अब समाप्त भएको छ। निर्माताले यो वेब सिरिजको ट्रेलर युट्युबमा रिलिज गरेका छन् । जसमा नायिकाहरुको बोल्डनेस देखेर तपाईपनि आत्तिनुहुनेछ ।

‘रात्रि की यात्री २’ को कथा रेड लाइट एरिया र यससँग जोडिएका महिलामा आधारित छ । यसको झलक ट्रेलरमा प्रस्ट देखिन्छ । १ मिनेट २२ सेकेन्डको ट्रेलर पारिवारिक दृश्यबाट सुरु हुन्छ । जसमा शरद मल्होत्रा ​​आफ्नो लागि केटी हेर्न जान्छन्।

तर, यसपछि शरद शेफाली जरिवालासँग देखा पर्छन्, जो वेश्या हुन् । अब त्यसैगरी मोनालिसा, रश्मी देसाई, अदा खानको आफ्नै फरक कथा श्रृंखलामा देखाइनेछ, जसको झलक ट्रेलरमा छ । यसका साथै ट्रेलरमा बोल्ड दृश्यका साथ कमेडीको ड्यास थप्ने प्रयास गरिएको छ ।

यस ट्रेलरमा अभिनेता शक्ति अरोरा पनि देखा परेका छन् । जो वेब सिरिजमा रेड लाइट एरिया हटाउने प्रयासमा देखिनेछन्। यसै क्रममा उनको भेट अदा खानसँग हुन्छ ।

शृङ्खलामा यस्ता धेरै दृश्यहरू हुनेछन्, जसले तपाईलाई रेड लाइट एरिया र यहाँ बस्ने महिलाहरूको जीवनको बारेमा सोच्न बाध्य पार्नेछ। २०२० मा ‘रात्रि की यात्री’ को पहिलो सिजन स्ट्रिम गरिएको थियो ।

जसमा सुधीर पाण्डे, अन्जु महेन्द्रु, इकबाल खान, बरखा सेनगुप्ता, पराग त्यागी, शाइनी दोशी जस्ता कलाकारहरु देखिएका थिए । यसैगरी सिजन २ मा रश्मी देसाई, शरद मल्होत्रा, शक्ति अरोरा, मोनालिसा, शेफाली जरिवाला, अदा खान, भाविन भानुशाली लगायत धेरै स्टारहरु देखिनेछन् ।

सम्बन्धित खबरहरु