काठमाडौं । एक महिलाले लाखौंको गहना चोरी गरेकी छिन् ।
भारत, गोरखपुरको बलदेव प्लाजा गोलघरमा रहेको ज्वेलरी शोरुमबाट महिला १० लाख भन्दा धेरै मूल्यको हारसहित फरार भएकी हुन् । एक सातापछि घटनाबारे थाहा पाएर प्रहरी चौकीलाई खबर गरिएको हो ।
चोरीको मुद्दा दर्ता गरी प्रहरीले सीसी क्यामेराको फुटेजमा देखिएकी शंकास्पद महिलाको खोजी गरिरहेको छ । १७ नोभेम्बरमा बेछुलाल सराफ प्रालिको शोरुममा ग्राहकको भीड थियो ।
स्थानीय समयानुसार साँझ चार बजे मास्क र कालो चश्मा लगाएर हरियो साडीमा ४५ वर्षीया महिला आइन् । काउन्टरमा पुग्नेबित्तिकै उनले सेल्सम्यानलाई हार देखाउन भनिन् । सेल्सम्यानले महिलालाई हारको सेट देखाउन थाल्छन् ।
सीसी क्यामेराको फुटेजमा महिलाले हार हेर्दै तल राखिएको बाकसबाट हार निकालेर माथि अर्को बाकस राखेको देखिन्छ । १० लाख रुपैयाँ भन्दा धेरैको हार साडीमा लुकाएर सेल्सम्यानलाई डिजाइन ठीक नभएको भन्दै उनी निस्किइन् । स्टक मिलाउने क्रममा शोरुम मालिक गौरव सर्राफले हार हराएको थाहा पाए ।
२४ तारिखमा सीसी क्यामेराको फुटेज हेर्दा ती महिलाले गहना चोरेको थाहा भयो । गौरवले शनिबार बिहान फुटेज लिएर क्यान्ट प्रहरी चौकी पुगेर उजुरी दिएका हुन् ।
हार चोरेको अभियोगमा अज्ञात महिलाविरुद्ध उजुरी दर्ता गरेर खोजी गरिरहेको एसपी सिटी कृष्णकुमार बिश्नोईले जानकारी गराए । उनले फुटेजमा देखिएकी महिलालाई छिट्टै पक्राउ गरिने बताएका छन् ।
Watch this CCTV footage
How a woman with 😎 & red 😷 managed to fled away with ₹ 6.73 lakh worth necklace in Baldev Plaza of Golghar area under Cantt police limits of #Gorakhpur#UttarPradesh#KalaChashma pic.twitter.com/jZeweGBW9Q
— Arvind Chauhan (@Arv_Ind_Chauhan) November 27, 2022