काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको छ । अध्यक्ष ओलीलाई भेट्न आइतबार साँझ उहाँ बालकोटस्थित ओली निवासमा पुग्नुभएको थियो ।
सचिवालयले उहाँहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ। उहाँहरूबीच के(कस्तो कुराकानी भएको खुलेको छैन। केपी ओली झपा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुहुन्छ ।
उहाँहरुबीच सरकार गठबनका सन्र्दभमा कुराकानी भएको अनुमान लगाउन सकिन्छ । हिजो मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।
भेटवार्तामा समानुपातिक समेतको अन्तिम मत परिणाम आएपछि चुनाव अघिको सत्ता गठबन्धनले नै सरकारमा निरन्तरता दिने बारेमा कुराकानी भएको थियो । यता कांग्रेसमा देउवालाई सत्ताबाट हटाउने गृहकार्य भइरहेको छ । पार्टी भित्र देउवाका कट्टर आलोचक सिंह र ओलीबीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।