काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। आइतबार बेलुकी ५ बजेसम्म १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ।
यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा–२ र बाजुराको मत गणना भने हुन बाँकी छ।
५ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ र जसपाले १ स्थानमा अग्रता लिएको छ। हेर्नुहोस् कहाँ कसको अग्रता
सुनसरी १
- अशोककुमार राई (जनता समाजवादी पार्टी) – १४,४२६
- गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) – १४,२०८
- मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) – ११,२६६
सुनसरी ३
- भगवती चौधरी (नेकपा एमाले) – २४२६३
- विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – १९६७०
सुनसरी ४
- ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९
- जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१
उदयपुर १
- नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३
- मञ्जु चौधरी (नेकपा एमाले) – २०१२०
धनुषा ४
- महेन्द्र यादव (नेपाली कांग्रेस) – २३५६५
- रघुबीर महासेठ (नेकपा एमाले) – २३१०७
- महाजन यादव (जनता समाजवादी पार्टी) -४,६७८