काठमाडौं । लगातार पछाडि रहेका धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा (एमालेका रघुवीर महासेठले चमत्कारीक अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणाममा एमालेका रघुवीर महासेठ अत्यन्त झिनो भएपनि अगाडि पर्नु भएको हो । महासेठ अहिले १ सय ४१ मतले अगाडि हुनुहुन्छ ।

लगातार नेपाली कांग्रेसका महेन्द्र यादवलाई पच्छ्याइरहनु भएका महासेठ गएरातिदेखि अगाडि पर्न थाल्नु भएको हो । अत्यन्त प्रतिस्पर्धात्मक मतपरिणाम देखिएको धनुषा–४ मा पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा महासेठ १ सय १९ मतले पछाडि पर्नु भएको थियो ।

 

सम्बन्धित खबरहरु