काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पदमा दावी गर्दै आउनुभएका पौडेल आज बिहान नेपाललाई भेट्न उहाँकै निवासमा पुग्नुभएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवालाई जसरीपनि प्रधानमन्त्रीबाट हटाउने र गगन थापा लगायतका नयाँ आकांक्षीलाई समेत किनारा लगाउँन पौडेलले नयाँ कोर्षमा रणनीति बनाइरहनुभएको छ ।

पौडेलले आफू प्रधानमन्त्री बन्न पार्टीभित्र जोडबल गर्ने सम्भव नभए पार्टी फुटाएर अरु दलसँग सहकार्य गर्दै सरकार बनाउँने लक्ष्य समेत राख्नुभएको छ । पौडेल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगपनि छलफल गर्दै हुनुहुन्छ ।

नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएपछि उहाँहरुबीच सम्वाद सुरु भएको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार नेपालले पौडेललाई प्रधानमन्त्रीका लागि सहयोग गर्ने बचन दिनुभएको छ । नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

नेपालको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो, ‘तपाईं गठन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ ।

यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो ।’ तर यही गठबन्धन बचाएर तपाई प्रधानमन्त्री बन्नुपर्छ नेपालले भन्नुभयो ।

सम्बन्धित खबरहरु