Indian Defence Research Wing : काठमाडौं । पाकिस्तानमा नयाँ सेना प्रमुख आएसँगै भारतसँगको सीमामा तनाव बढेको छ ।

शुक्रबार, बीएसएफका जवानहरूले भारत, पञ्जाबको अमृतसर सेक्टरको भारत–पाकिस्तान सीमामा –र्ने डोके गाउँ नजिक ड्रोन खसालेका हुन् । बीएसएफले ड्रोन पाकिस्तानबाट भारतीय भूमिमा प्रवेश गरेको दाबी गरेको छ । बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो ।

बीएसएफका जवानहरूले शंकास्पद ड्रोनलाई गोली हानेर खसालेका हुन् । त्यसपछि पूरै क्षेत्रमा नाकाबन्दी गरेर प्रहरी र सम्बन्धित निकायलाई जानकारी गराइयो ।

समाचार एजेन्सी एएनआईका अनुसार बीएसएफ अधिकारीहरूले ड्रोनबाट २.५ किलोग्राम तौलका दुई प्याकेट लागुऔषधि बरामद भएको बताएका छन् ।

हालै केन्द्रीय सरकारले सीमापारबाट हुने यस्ता गैरकानुनी गतिविधिलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीसँग केही जानकारी आदान प्रदान गरेको थियो । बीएसएफले सतर्क जवानहरूले एक पटक फेरि ड्रोनलाई रोक्न सफल भएर तस्करी रोकेको बताएको छ ।

सम्बन्धित खबरहरु