A wedding with 1200 people in the salon
काठमाडौं । अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएको छ । उनले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका हुन् ।
सोमबार चन्द्रागिरि रिसार्टमा भएको विवाहमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थिति रह्यो ।
त्यस क्रममा १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगेका थिए ।
महिलाहरुको समूहले नौमती बाजा बजायो । सलोनका बुबा शोभित बस्नेतका अनुसार सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गरिएको हो ।
सलोनको विवाह समारोहमा अभिनेता सलिनमान बनिया, कोरियोग्राफर रामजी लामिछाने लगायत उपस्थित छन् । अभिनेता सलोन र मोडल करिश्मा विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।