काठमाडौं । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ ।

यस घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिनुभएको छ । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो । पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्यको जोड : सक्षम र समृद्ध गण्डकी प्रदेश
बागलुङबाट नवनिर्वाचित चारवटै गण्डकी प्रदेशसभा सदस्यले प्रदेश सरकार बलियो बनाउन आफूहरुले समृद्धिका योजना ल्याएको बताउनुभएको छ । लोकतान्त्रिक वाम-गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसबाट निर्वाचित उहाँहरुले प्रदेश सरकार खर्चिलो, औचित्यहीन र खारेजीको माग पनि सुनिएको भन्दै प्रदेश सरकारलाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

गण्डकी प्रदेशमा बागलुङका चार प्रदेश क्षेत्रबाट क्रमशः दीपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, जीत शेरचन र दोर्ण कुँवर विजयी हुनुभएको छ । विजयी प्रदेशसभा सदस्यहरुले सक्षम र समृद्ध प्रदेश सरकार बनाउन आवश्यक रहेको बताउँदै सङ्घ र स्थानीय तहको पुलका रुपमा काम गर्ने योजना बनाएको सुनाउनुभयो । बागलुङ क्षेत्र नं २ प्रदेशसभा (१) बाट निर्वाचित प्रदेशसभा सदस्य शेरचनले प्रदेश सरकारलाई सक्षम बनाउनका लागि नागरिकलाई उत्पादनसँग जोड्ने अवधारणा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारको औचित्यमाथि प्रश्न नउठ्नेगरी काम गर्न आवश्यक रहेको बताउनुभयो । “बदर मतपत्रमा प्रदेश सरकार खारेजीको माग गरिएको, मत जाहेर नगरी बाकसमा खसालेको जस्ता कुरा सुनिए, प्रदेश सरकारले आर्थिक भार बढायो भन्नेसमेत छ, तर नागरिकलाई उत्पादनसँग जोड्नसके प्रदेश सरकार सक्षम बनाउन सकिन्छ”, शेरचनले भन्नुभयो, “प्रदेश सरकारले सङ्घ र स्थानीय तहको समन्वयकारी भूमिका बढाउँदै नागरिकको आम्दानी बढाउनसक्ने योजना ल्याउनसके प्रदेश सरकार बलियो र समृद्ध बन्नेछ ।”

शेरचनका अनुसार नागरिक उत्पादनसँग जोडिएपछि मात्रै प्रदेश सरकारको राजस्वमा वृद्धि हुने र आफ्नै खर्चले प्रदेश सरकार चल्नसक्ने अवस्था ल्याउनुपर्नेछ । नागरिकलाई कृषिमा आधुनिकीकरण र पर्यटनको विकासबाट मात्रै आम्दानी वृद्धिका लागि अभिप्रेरित गर्न सकिने उहाँको बुझाइ छ ।

यस्तै क्षेत्र नं १ प्रदेशसभा (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले गण्डकी प्रदेशलाई मजबुद बनाउन आफूहरुले उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । उहाँले योजनाका साथ काम गर्ने, जनमुखी बजेट बनाउने र नागरिकको रोजगारी तथा आम्दानी बढाउने क्रियाकलापलाई प्रोत्साहन गर्नसकेमा प्रदेश सरकार सक्षम हुने बताउनुभयो ।

“आर्थिक बोझका रुपमा प्रदेश सरकारको अपव्याख्या गरियो, प्रदेश सरकारले पाँच वर्षमा केही राम्रा काम गरेको छ, अब यो पाँच वर्षमा प्रदेश सरकार सक्षम हुनेगरी नीति तथा कार्यक्रम ल्याउने र कार्यान्वयन गर्नेछ”, सुवेदीले भन्नुभयो, “नागरिकको नजिकको सरकार स्थानीय सरकार भए पनि जनताको दुःखसुखमा काँध थाप्नेगरी प्रदेश सरकारले भूमिका खेल्नुपर्दछ, जनताको स्वास्थ्य र शिक्षाको सुनिश्चितासम्म प्रदेश सरकार पुग्नका लागि मैले सक्दो पहल गर्नेछु ।” सुवेदीले अहिलेको प्रदेश सरकारमा युवाहरुको जमात देखिएकाले फरक ढङ्गले काम गर्ने अवसर आएको बताउनुभयो ।

यस्तै क्षेत्र नं १ प्रदेशसभा (१) बाट निर्वाचित प्रदेशसभा सदस्य थापाले प्रदेश सरकारलाई बलियो र सक्षम बनाउन आफू अहोरात्र खट्ने बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारका विषियमा विभिन्न टीकाटिप्पणी भए पनि प्रदेश सरकारले यसको जवाफ कामबाट दिनुपर्ने बताउनुभयो ।

“बागलुङवासीको मायाले दोस्रो प्रयासमा प्रदेशसभा सदस्यमा निर्वाचित भएको छु, सबल गण्डकी प्रदेश बनाउनेमा हामी अहोरात्र खट्नेछौँ, प्रदेश सरकारलाई आर्थिकरुपमा मात्रै हैन अन्य क्षेत्रमा समेत सक्षम बनाउन सकिने थुप्रै आधार छन्”, थापाले भन्नुभयो, “प्रदेश सरकार जनताको दोस्रो नजिकको सरकार हो, पर्यटनबाट प्रदेश समृद्धि बनाउन सकिन्छ, हामीसँग योजना छ, प्रदेशसभा पुगेपछि कार्यान्वयतर्फ लाग्नेछौँ ।”

यस्तै क्षेत्र नं २ प्रदेशसभा (२) बाट निर्वाचित कुँवरले बागलुङको पश्चिम क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी नागरिकको आयस्तर बढाउँदै प्रदेश सरकारको आम्दानीको स्रोतका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा रहेको ढोरपाटन क्षेत्र चर्चित पर्यटकीय गन्तव्य भए पनि यहाँ आउने पर्यटक कम रहेको भन्दै पर्यटकलाई ल्याउनका लागि प्रदेश सरकारले थुप्रै योजना ल्याउने बताउनुभयो ।

बागलुङबाट निर्वाचित चारवटै प्रदेशसभा सदस्यले गण्डकी प्रदेश सरकारलाई सबल र सक्षम बनाउन विभिन्न खानीको उत्खनन गर्ने, जडीबुटीको उत्पादन र निकासी गर्ने, जलविद्युत्को उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित खबरहरु