काठमाडौं । cameroon vs serbia : सर्वियाले विश्वकप फुटबलको समूह ‘जी’ को जारी खेलमा क्यामरुनविरुद्ध गोल फर्काउँदै पहिलो हाफसम्म ३–३ कायम गरेको छ ।

कतारको अल जानौब रंगशालामा सर्वियाले पहिलो हाफको अन्तिम समयमा दुई मिनेटमा दुई गोल गर्न सफल भयो । दोस्रो हाफको खेल सुरु भएको केही मिनेटमा नै अर्को गोल गर्दै ३–१ को अग्रता लिएको थियो ।

खेलको २९औँ मिनेटमा जियान चाल्र्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई १–० गोलको अग्रता दिलाए । सर्वियाका स्ट्राहिन्जा पाभ्लोभिचले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी दिलाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा सर्ज मिलिनकोभिच साभिचले गोल गर्दै सर्वियालाई २–१ गोलको अग्रता दिलाए ।

खेलको ५१ औ मिनेटमा सर्वियाका एलेक्जेंडर मित्रोविकले अर्को गोल गरेर ३–१ को रोमाञ्चक नतिजा दिलाए । तर क्यामरुनका विन्सेंट अबूबकरले ६३ मिनेट र एरिक मैक्सिम चौपो(मोटिंगले ६६ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसअघि आ–आफ्नो खेलमा पराजित भएको सर्विया र क्यामरुनलाई आजको खेल जित्नै पर्ने दबाब छ । सर्वियाले आफ्नो पहिलो खेलमा ब्राजिलसँग २–० गोलको हार ब्यहोरेको थियो । यता, क्यामरुनले भने स्वीट्जरल्यान्डसँग १–० गोलले पराजित भएको थियो ।

उनले कर्नरमा आएको बल निअर पोस्टमा फ्लिक भएपछि फार पोस्टमा सहजै गोल गरे । सर्बियाका सबै डिफेन्डर एकैतर्फ व्यस्त हुँदा अन्मार्क रहेका कास्टेलेटोले सहजै गोल गरेका थिए ।इन्ज्युरी समयको पहिलो मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो । कप्तान डुसान टाडिचको फ्रिकिकमा स्ट्राहिना पाभ्लोभिचले गोल गरे ।

उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको हेडर गोलरक्षक डेविस एपासीले बचाउने कुनै अवसर पाएनन् ।बराबरी गोल फर्काएको दुई मिनेटमै सर्बियाले अग्रता लियो । यसपटक सर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै युरोपेली टोलीलाई अघि बढाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एपासीको हातमा लाग्दै गोल भएको थियो ।

यस समूहमा ब्राजिल र स्विटजरल्यान्डको ३–३ अंक छ । सर्बिया र क्यामरुन पहिलो अंक जोड्न प्रयासरत छन् । आजै रातको ९:४५ बजे हुने खेलमा ब्राजिलले स्विटजरल्यान्डको सामना गर्दैछ । त्यस्तै समूह ‘एच’ को खेलमा दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बेलुकी ६ः४५ बजेपछि एजुकेशन सिटी रंगशालामा हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्दा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो ।समूह चरण पार गर्ने सम्भावना जीवित राख्न दुवै टोलीको जितको खाँचो छ ।

यस विश्वकपमा एसियाली राष्ट्रले सनसनीपूर्ण नतिजा आत्मसात गरिरहेको अवस्थामा दक्षिण कोरिया पनि घानालाई हराउँदै अंक जोड्ने लक्ष्यमा हुनेछ । उरुग्वेसँग बराबरीमा रोकिनुका बावजुत दक्षिण कोरियाले राम्रो खेल पस्केको थियो ।सन् १९८६ देखि लगातार १०औं पटक तथा समग्रमा ११औं पटक विश्वकप खेलिरहेको कोरियाको सबैभन्दा ठुलो उपलब्धि २००२ मा सेमिफाइनलमा पुग्ने हो ।

त्यसयताको पछिल्लो दुई संस्करणमा कोरियाले समूह चरण पार गर्न सकेको छैन ।ह्युङ मिन सनको कप्तानीमा मैदान उत्रने दक्षिण कोरियासँग किम स्युङ–ग्यु, किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल,

जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, ना साङ हो, सङ मिन क्यु, ह्वाङ ही चान, ह्वाङ यी जो र चो ग्वी सुङको साथ रहेको छ ।

 

सम्बन्धित खबरहरु