काठमाडौं । अभिनेत्री सुहाना थापा ( Suhana Thapa ) लाई साथी कलाकार चाहिएको छ ।

अभिनेत्री समेत रहेकी आमा झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ मा काम गर्नका लागि अभिनेताका लागि अडिसन खुलेको हो । प्रेम कथामा बन्न लागेको फिल्ममा २० देखि २५ वर्ष उमेरका अभिनेता खोजी गरिएको छ ।

आगामी वैशाख १ गते प्रदर्शन गर्ने भन्दै निर्माण पक्षले एक टिजर पनि सार्वजनिक गरेको थियो । तर अभिनेता नभएपछि छायांकन हुन सकेको छैन् । यसअघि सुहानासँग अभिनेता धिरज मगर देखिने चर्चा थियो ।

तर पारिश्रमिकको कुरा नमिलेपछि उनी सो चलचित्रमा अटाउन सकेका थिएनन् । सञ्जय लामाले छायांकन गर्ने फिल्मलाई साहिल खानले सम्पादन गर्ने जनाइएको छ ।

सुनिलकुमार थापाको लगानी भएको फिल्मका लागि बाल कलाकार पनि चाहिएको छ । बाल कलाकारका लागि ८ देखि १० वर्ष उमेरका बालकले अडिसन दिन सक्नेछन् । जारी एक पोस्टरमा इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडियो बनाएर सुहाना इन्टरटेन्मेन्टको मेलमा पठाउन सक्नुहुन्छ ।

सम्बन्धित खबरहरु