काठमाडौं । १६ वर्षको उमेरमा स्कूल छोडिन्, किशोरावस्थामा आमा बनिन् ।

त्यसपछि उनले श्रीमानसँग मिलेर बचत गरेको रकम जम्मा गरेकी थिइन् । जसको मूल्य यतिबेला १६ करोडभन्दा बढी पुगेको छ । ती महिला चार वटा आलिशान घरकी मालिक हुन् ।

उनले हरेक पाइलामा श्रीमानको साथ पाएकी छिन् । यो कथा राहेल ओलिङ्गटन ( rachel ollington ) को हो । उनले ‘द सन’ सँगको कुराकानीमा १९ वर्षको उमेरमा पहिलो घर लिँदा ऋणको ब्याजदर आजको भन्दा बढी भएको बताइन् ।

सन् २००५ मा, राहेलले विकफोर्ड, एसेक्समा झण्डै तीन करोडको एउटा घर किनेकी थिइन् । त्यसको हालको मूल्य साढे ७ करोड रुपैयाँ नजिक पर्दछ । ब्याजदर र मुद्रास्फीति ४० वर्षयताकै उच्च हुँदा पनि राहेलसँग यतिबेला बेलायतमा ४ वटा घर छन् ।

राहेल र उनका पतिले हालै मात्र लिङ्कनशायरमा नयाँ सम्पत्ति किने । रेचेलले २३ वर्षको उमेरमा दोस्रो र २४ वर्षको उमेरमा तेस्रो घर किनेकी थिइन् । राहेलको उमेर अहिले ४० वर्ष पुग्यो भने उनका श्रीमान् माइक ४९ वर्षका छन् । राहेलका तीन सन्तान एबी, एरिन र एडन छन् ।

१६ वर्षको उमेरमा विद्यालय छोडेपछि उनले एक एस्टेट एजेन्सीमा हप्ताको १४ हजार रुपैयाँको जागिर खाइन् । त्यहीँबाट उनले बचत गर्न थालेकी थिइन् । सन् २००१ मा, १८ वर्षको हुँदा उनी अचानक गर्भवती भइन् ।

उनलाई आफ्नो पहिलो सन्तान एबी सुखद दुर्घटनाको नतिजा लाग्छ । राहेलले आफू २५ वर्षको हुँदा श्रीमान् माइकलाई भेटेको बताइन् । श्रीमान उनीभन्दा ८ वर्ष जेठा छन् । उनका अनुसार दुबैको बानी उस्तै थियो, त्यहीँ कारणले दुबैले बचत गर्न थाले ।

त्यस अवधिमा राहेलले पहिलो घरको निक्षेपको लागि उचित रकम जम्मा गरिन् । त्यो उमेरमा आफूसँगैका केटाहरूले घर बनाउने सोच नै नगरेको उनी बताउँछन् । श्रीमानले आफ्नो पहिलो घर किन्न भनेर कार पनि बेचेका थिए ।

राहेलले आफूसँग भएका चारवटा सम्पत्ति झण्डै ९ करोडमा किनेको बताइन् । तर अहिले यी चार सम्पत्तिको मूल्य बढेर १६ करोड रुपैयाँ पुगेको छ । राहेल अब एस्टेट एजेन्सी व्यवसाय सञ्चालन गर्ने सुरमा छिन् । तर मन्दीका कारण मानिसहरूले उनको विचारलाई पागलपन भन्छन् । तर, उनी यो काम गर्न चाहन्छिन् । यसो गरेर अरुलाई पनि आफू जस्तै बन्न मद्दत गर्ने उनको इच्छा छ ।

 

सम्बन्धित खबरहरु