relationship story almost half of cheaters admit they strayed because partner paid more attention to their mobile ::

काठमाडौं । यदि तपाई आफ्नो साथीले धोका नदेओस् भन्ने चाहनुहुन्छ भने, स्मार्टफोनमा एकदम कम समय बिताउनुहोस् । यो कुरा एक अनुसन्धानमा खुलेर बाहिर आएको छ ।

एक सर्वेक्षणमा संलग्न लगभग आधा व्यक्तिले सम्बन्धमा रहँदा आफ्नो साथीलाई धोका दिएको स्वीकार गरेका छन् । धोका दिनुको कारण थप रोचक छ ।

किनभने उनीहरूको जीवनमा मोबाइल आयो । कतिपयले आफूलाई भन्दा साथीले आफ्नो फोनमा बढी ध्यान दिन्छन् भन्ने कुरामा विश्वास गर्छन् । खाना खाँदा, चलचित्र हेर्दा, महत्त्वपूर्ण कुराकानीका क्रममा र यौनसम्पर्कपछि तुरुन्तै फोन समात्ने गरेको आरोप उनीहरूको छ ।

मान्छेहरू अचेल आफ्नो साथीमा भन्दा आफ्नो स्मार्टफोनमा बढी ध्यान दिइरहेका हुन्छन् । यो कुरा अहिले यति सामान्य भएको छ, जसलाई ‘फबिङ’ नाम दिइएको छ ।

तर यो बानीले प्रेम सम्बन्धमा नकारात्मक असर पार्दछ । डेटिङ वेबसाइट भिक्टोरिया मिलानले आफ्ना ६,००० सदस्यहरूमाथि गरेको सर्वेक्षणमा ४५ प्रतिशतले आफ्नो साथीलाई धोका दिएको बताए ।

किनभने उनीहरूले आफ्नो साथीले आफ्नो फोन वा ट्याब्लेटमा पहिलेभन्दा बढी समय बिताएको महसुस गरे ।

३० देखि ३५ वर्षका महिलाहरूले धोका पाएको भनेर धेरै महसुस गर्छन् । भिक्टोरिया मिलानका सीईओ सिगुर्ड वेडल भन्छन्, ‘हाम्रो जीवनमा सुधार ल्याउने सबै चीजहरू जस्तै प्रविधि पनि दोधारे तरवार हो ।’

 

सम्बन्धित खबरहरु