काठमाडौं । नमस्कार, जनबोलीको लाइभ ब्लगमा स्वागत छ। फिफा विश्वकप फुटबल २०२२ को समूह जी को खेलमा ब्राजिल र स्वीट्जरल्याण्ड आमनेसामने भइरहेका छन् ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ८३ मिनेटमा ब्राजिलका कैसेमिरोले गोल गरेका छन् । अहिले ब्राजिल स्वीट्जरल्याण्ड १–० को अवस्था छ । यसअघिका खेल जितेर दुवै टोली यहाँसम्म पुगेका हुन् । यो खेलमा ब्राजिलको बलमाथि ५५ प्रतिशत कब्जा रहेको छ ।

उही समयमा स्विस टोलीले मात्र एक शट प्रयास गर्यो। तर उसको कुनै पनि प्रहार लक्ष्यमा थिएन । स्विजरल्याण्डको बलमाथि ४५ प्रतिशत कब्जा थियो । यो विश्वकपको खेलमा स्वीट्जरल्याण्डले गरेको सबैभन्दा कम प्रहार हो।

उसले आफ्नो सन् २०१० को कीर्तिमान बराबर भने प्रयास गरिरहेको छ । सन् २०१० को विश्वकपमा आफ्नो उद्घाटन खेलमा स्विट्जरल्याण्डले पहिलो हाफमा मात्र एक प्रहारको प्रयास गरेको थियो ।

सम्बन्धित खबरहरु