उदयपुर । सनराईज बैंकको उदयपुर शाखा कार्यलयका सुरक्षा गार्ड खेम बानियाँको अज्ञात समूहले घाँटी रेटी हत्या गरेको छ ।
त्रियुगा नगरपालिका ११ स्थित उदयपुर सिमेन्ट कारखाना परिसरमा रहेको उक्त बैंकमा रातिको समयमा लुटेराहरुले बैंक लुट्ने प्रयास स्वरुप हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
त्रियुगा ८ का सुरक्षा गार्ड बानियाँको हत्याका विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।