काठमाडौं । इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य सङ्कट परेको बताइएको छ । प्राप्त समाचारमा गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ ।

सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको बताइएको छ । यसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ ।

गाजाको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी एक परिषदले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसङ्ख्या गरिबीतर्फ पनि धकेलिएको छ ।

सो परिषदको प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ ।

गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीहरुको बसोबास रहेको छ । यहाँका नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ ।रासस

 

 

सम्बन्धित खबरहरु