काठमाडौं । अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेको छ ।

महानगरले बलपूर्वक हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त बनेको हो ।

सुकुम्वासीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला समेत जलाएका छन् । उनीहरुले शव राख्ने कफिनमाथि बालेनको फोटो राखेर जलाएका हुन् ।

मंगलबार बिहान ८ बजेदेखि आन्दोलन जारी छ । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएको छ ।

उनीहरूले उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

त्यहाँबाट पुन: आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखेका हुन् । अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित खबरहरु