काठमाडौं । रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले पहल शुरु गरेका छन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्रीमा रोक्न ओलीले लोसपा, नागरिक उन्मुक्ति पार्टी समेतलाई समेट्न थालेका छ्न ।

ओलीले आफू प्रधानमन्त्री हुन नपाउने भएपछि यो रणनीतिमा पुगेका हुन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री हुन नदिने बरु रविलाइ अघि सारेर जाने तयारीमा ओली छन् ।

(आज बिहान मैले लोसपाका एक नेतासंग अन्तर्वार्ता लिनको लागि फोन गर्दा उनले दिएको जानकारीको आधारमा) स्मरणहोस, सत्ता गठबन्धन भित्र देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने र आफू राष्ट्रपति बन्ने तयारी शुरु गरेका छन् ।

देउवा अहिले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन चाहनन् । साढे दुई बर्षपछि रामचन्द्रलाई प्रधानमन्त्री दिन प्रचण्ड तयार छन् । अब रोचक खेल के हुनेछ भने ओलीको ग्राण्डडिजाइन कति सफल हुन्छ ? त्यो केहि दिनभित्र देखिनेछ ।

त्यसैगरी, निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निमार्णबारेमा छलफल सुरू गरेका छन । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

सत्तारुढ गठबन्धन आवद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबी भेटवार्ता भएको हो ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्याेल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु