काठमाडौं । उचित बिकल्पविना नै आफुहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्वासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्र सुकुम्वासी मोर्चाको अगुवाइमा स्थायी विकल्प विनाको जवरजस्ती उठिबास लगाउन खोजिएको भन्दै उनिहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा झपड भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले काठमाडौं महानगर र महानगरका प्रमुख बालेन्द्र शाह विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले यसअघि सरकारले आफुहरुसंग गरेको सम्झौता कार्यान्वयनको माग पनि गरेका छन् ।

यो पनि, अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेको छ । महानगरले बलपूर्वक हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त बनेको हो ।

सुकुम्वासीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला समेत जलाएका छन् । उनीहरुले शव राख्ने कफिनमाथि बालेनको फोटो राखेर जलाएका हुन् । पुरा पढ्नुहोस्

सम्बन्धित खबरहरु