काठमाडौं ।  दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा २२ हजार तीन सय २७ ले बढेको बताइएको छ । तर यो एक हप्ताअघिकाो तथ्याङ्क ७२ हजार आठ सय ६० भन्दाकम रहेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये ८४ विदेशबाट आयातित रहेका जनाइएको छ । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या चार सय ९१ रहेको जनाइएको छ । थप ४१ जनाको मृत्यु पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ३० हजार चार सय ५४ पुगेको छ ।

तापखोला पुल सञ्चालन भएपछि स्थानीयलाई राहत
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीबाट केपिलासगढी गाउँपालिका-३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ ।

प्रदेश नं १ को प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु सात करोड ६१ लाख २४ हजार पाँच सय ४३ बजेटमा निर्माण गरिएको मोटरेबल पक्की पुल हालै सञ्चालनमा आएको हो ।

विसं २०६६÷६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दालाई सहज भएको छ ।

रौता-रोशन-सुशम-आदित्य जेभीले विसं २०७८ मङ्सिर-७ गते सम्पन्न गर्ने भनिएपछि कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण निर्माणमा ढिलाइ भएको थियो ।

विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण सुरु गरिएको दिक्तेल–खार्मी–बाक्सिला सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल-खार्मी-बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको छ ।

तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको केपिलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताउनुभयो ।

“तापखोलामा मोटरेबल पक्की पुल नहुँदा करिब छ महिना यातायात बन्द हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि तापखोलामा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा सञ्चालित विकासे योजनाको काममा सहज भएको छ ।”

निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारी साधनमात्र सञ्चालन हुँदै आएको सडकखण्डमा पछिल्लो समय नियमित बस तथा सुमो सेवासमेत सुरु भएको छ ।

हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक नगरको गौरवका आयोजनामा राखेर स्तरोन्नति गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले बताउनुभयो ।

“दिक्तेल-खार्मी-बाक्सिला सडक नगरवासीका लागि मात्र नभइ उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ”, उहाँले भन्नुभयो, “यो सडकलाई स्तारोन्नति गरेर बाह्रैमहिना सञ्चालनमा ल्याउन नगरपालिकाको आवश्यक सहयोग रहन्छ । कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहल गर्ने कामसमेत अगाडि बढाइएको छ ।”

दिक्तेलबजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्रयाक खोली सकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्ने छ ।

केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने दिक्तेल–हुर्लुङ–जालपा हुँदै बाक्सिलासम्मको अर्को सडक पनि सञ्चालनमा छ । उक्त सडकखण्डमा पर्ने तापखोलामा समेत यसअघि नै पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ । रासस

सम्बन्धित खबरहरु