काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लिएर कटाक्ष गर्नुभएको छ । उहाँले रवि लामिछाने नेतृत्वको रास्वपाप्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे प्रश्न गर्नुभएको हो ।

मंगलबार पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा ओलीले यस्तो बताउनुभयो ।

ओलीले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न एकै खालको भएको भन्दै प्रश्न गर्नुभएको हो । अध्यक्ष ओलीका अनुसार अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ । त्यसको चिह्न घण्टी छ ।

दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ रास्वपाले ल्‍याएको छ । फ्रिडम पार्टी एक संयोग नै होला भन्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो । ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको जनाउनुभयो ।

सम्बन्धित खबरहरु