काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुङ्चीले कोभिड–१९ को महामारीबाट प्रभावित भएकाहरूलाई सघाउन विशेष नीति तर्जुमा गरेको छ ।

कोभिडका कारण राज्यमा परेकोे प्रभावबाट जनसाधरणमा परेको असर कम गर्न विशेष नीति तर्जुमा गरिएको हो ।

महामारीका कारण कठिनाइका साथ जीवन यापन गरिरहेका उरुङ्चीका बासिन्दाका निम्ति आधारभूत जीविकोपार्जन सुनिश्चित गर्न विशेष नीति बनाइएको उरुङ्ची सहर सरकारका उपमहासचिव ली यान्मेईले बताएका छन् । उरुङ्चीमा महामारीको स्थितिमा क्रमशः सुधार भइरहेको, कम जोखिम भएका क्षेत्रमा जनजीवन सामान्यतर्फ फर्किरहेको, सुपरमार्केट, फार्मेसी र रेष्टुरेन्टलगायत अत्यावश्यक व्यवसाय पनि क्रमशः सञ्चालन हुन थालेका भएपनि प्रभावितलाई सघाउन विशेष नीति ल्याइएको उनले बताए ।

उपमहासचिव लीका अनुसार अति कम वा आम्दानी नभएका नागरिकलाई भत्ता उपलब्ध गराउने, नगरको सार्वजनिक भाडा आवास योजनाअन्तर्गतका परिवारलाई पाँच महिनाको भाडा छुट दिने, रोजगारीमा कठिनाइ भएका न्यून आय भएका समूहलाई सार्वजनिक सेवामा रोजगारी प्रदान गरिनेलगायत नीति अब कार्यान्वयन गरिने छ । रासस

 

 

सम्बन्धित खबरहरु