काठमाडौं । लैङ्कि अल्पसंख्यकहरुले आफूहरुको हक हित र अधिकारका विषयलाई नया संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन् ।
मंगलबारबाट काठमाडौमा सुरु भएको तीन दिने साउथ एसियन लैङ्कि अल्पसंख्यक सम्मेलनमा उनीहरुले नेपालमा नया संबिधान बन्न गईरहेकाले आफ्नो हक अधिकार संबिधानमा उल्लेख गर्नुपर्ने बताएका हुन् ।
उनीहरुले आफूहरुले नागरिकता, राहदानी लिन अझै कठिनाइ भईरहेको गुनासो समेत गरेका छन् ।
सम्मेलनमा नेपाल भारत माल्दिभ्स लगायतका देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ । व्लु डायमण्ड सोसाईटीले आयोजना गरेको सम्मेलन साझा धारणा तय गर्दै बिहीबार सम्पन्न हुने जनाईएको छ ।