काठमाडौं । राप्रपा नेपालले आम चुनावको परिणम सोचेजस्तो नभएको जानकारी दिएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय सचिवालयको बैठकले यस्तो बताएको हो ।

पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने खालको संगठन निर्माण गर्न नसकेको निष्कर्ष निकाल्यो । यो चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको पनि पार्टीको बुझाई रहेको छ ।

चुनावमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको सम्वर्द्धनवादको विचार र दर्शनको औचित्य र महत्व यद्यपि कायमै रहेको छ । बैठकले चुनावी परिणामबाट विचलिन नभई पार्टी संगठनलाई सुदृढ तुल्याउन नेता कार्यकर्तालाई आह्वान समेत गरिएको छ ।

यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताउनुभयो । थापा स्वयंम मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लड्दा समेत पराजित हुनु भएको छ । अरु उम्मेदवारले उल्लेख्य मत समेत ल्याउन सकेनन् भने प्रदेश र प्रतिनिधिसभामा समानुपातिकतर्फ पनि सिट पाउने अवस्था छैन ।

सम्बन्धित खबरहरु