काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गर्नुभयो । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएको छ ।

२०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आउनुभएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ । त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा एमालेका रामदेव यादव निर्वाचित हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विन्देश्वर यादवलाई पाँच सय ८८ मतान्तरले पराजित गर्नुभएको हो । रामदेवले १९ हजार चार सय ७९ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका विन्देश्वरले १८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु