physical relation::

काठमाडौं । यदि तपाई महिला हुनुहुन्छ र आफ्नो श्रीमानका अगाडि कपडा खोल्न अफट्यारो महसुस गर्नुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनभने तपाईं एक्लै हुनुहुन्न ।

एक अध्ययनले ६ मध्ये १ विवाहित महिलाले आफ्ना श्रीमानका अगाडि एक वर्षभन्दा बढी समयसम्म नग्न हुन अफट्यारो मान्ने गरेको देखाएको छ ।

अनुसन्धानकर्ताहरूले बेलायतका १,९०२ महिलालाई खोजमा सहभागि गराएका थिए । विवाहित महिलाहरूलाई ‘अन्तिम पटक आफ्ना पतिका अगाडि कहिले नग्न हुनुभयो’ भनेर सोधिएको थियो ।

सर्वेक्षणमा भाग लिएका १६ प्रतिशत महिलाले पछिल्लो १२ महिना वा सोभन्दा बढी अवधिमा आफ्नो श्रीमानका अगाडि एकपटक पनि कपडा नखोलेको दाबी गरे । झन्डै आधाले आफ्नो शरीरलाई लिएर असुरक्षित महसुस गरेका हुँदा पतिका अगाडि नाङगो हुन नचाहेको बताए ।

जबकि एक तिहाइले कम यौन चाहनालाई यसको श्रेय दिएका छन् । करिब ४० प्रतिशतले आफ्नो सम्बन्धमा असर परेको र ३६ प्रतिशतले लुकाउन खोज्दा श्रीमानसँग झगडा हुने गरेको जवाफ दिएका हुन् ।

यो सर्वेक्षण सञ्चालन गर्ने यूकेमेडिक्स डटकमकी सारा बेली भन्छिन्, ‘महिलाको यौन जीवनका लागि शारीरिक आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ, यो घट्दै गएको देखिन्छ, जसका कारण समस्या बढ्दै गएको छ ।’

उनले थप्दै भनिन्, ‘विवाहको १२ महिना वा सोभन्दा बढी समयसम्म आफ्ना श्रीमानका अगाडि नग्न हुन नमान्ने अधिकांश महिलाको भनाइ छ ।’ उनका अनुसार महिलाहरूले आफ्नो शरीर मन नपराए पनि आफ्नो श्रीमानरसाथीलाई मन पर्न सक्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । कुनै पनि सम्बन्ध केवल रूपमा विश्वासको कमीको कारण बलिदान हुन सक्दैँन् ।

सम्बन्धित खबरहरु