काठमाडौं । नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ ।

एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रि«य संस्था हो ।

यौन तथा प्रजनन, लैङ्गिक समानता, सुरक्षित गर्भपतन सेवा ( Safe abortion services 0 , बृहत् यौनिकता शिक्षामा सबैको पहुँच, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी अभियानमा आबद्ध भई सेवा पु¥याएबापत उहाँलाई सो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो । उहाँ सङ्घमा दुई शतकभन्दा बढीदेखि कार्यरत हुनुहुन्छ ।

एपकमले सो सम्मान छ वर्षदेखि निरन्तर विभिन्न विधामा प्रदान गर्दै आइरहेको छ । यस वर्ष सो संस्थाले नेपालबाट सङ्घले समुदाय तथा राष्ट्रिय स्तरमा गरेको पैरवीको मूल्याङ्कन गर्दै यो सम्मान गरिएको जनाएको छ ।

सङ्घका ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत र जोखिम समुदायका रहेको र सो समुदायको सेवा र अधिकारको सुनिश्चितताका लागि सङ्घले निरन्तर पैरवी गरिरहेको छ । सङ्घले पछिल्लो समय यौनिक अल्पसङ्ख्यकहरुका लागि देशमै पहिलो पटक गैरसरकारी निकायबाट हर्मोनल थेरापी तथा लेजर सेवा सञ्चालन गर्दै आएको छ ।

साथै बृहत् यौनिकता शिक्षा र सुरक्षित गर्भपतन सेवामा नीतिगत सुधार गर्न सफल साथै वैवाहिक समानतामा पैरवीको सुरुआत गर्दै सोको नीतिपत्र निर्माण गरी नीतिगत सुधार गर्न पनि पैरवी गर्दै आइरहेको छ । यसैलाई एपकमले मूल्याङ्कनको मुख्य आधारहरु बनाएको जनाएको छ ।

यस वर्ष सो सम्मानबाट पाकिस्तान, भूटान, श्रीलङ्का, थाइल्यान्ड, हङकङ, फिलिपिन्स, भियतनाम, मलेसियालगायत देशका विभिन्न व्यक्ति पनि सम्मानित हुनुभएको एपकमले जनाएको छ । सङ्घले अन्तर्राष्ट्रिय प्रतिष्ठित सो सम्मान प्राप्त गरेकामा पैरवी अधिकृत सिटौलाई बधाई एवं सम्मान अर्पण गर्ने संस्थालाई धन्यवादसमेत दिएको छ ।

सम्बन्धित खबरहरु