काठमाडौं । अमेरिकी गायन रियालिटि शो ‘द भ्वाइस’ को २२ औं संस्करणमा अन्तिम ८ मा पुग्न सफल भएकी नेपाली गायिका परिजिता बास्तोला ( Parijita Bastola ) ले पुन वेजोड प्रस्तुति दिएकी छन् ।

उनले पछिल्लो चरण पार गर्दै टप ८ मा जानको लागि प्रस्तुति दिएकी थिइन । टप १० मा जानको लागि दिएको प्रस्तुतिपनि अति उत्कृष्ट छ ।

‘क्यानिटिएन’ ले गाएको गीत ‘स्केल टूयु व्युटिफुल’ गीतलाई निकै सुन्दर तरिकाले प्रस्तुत गरेकी थिइन । उनले दिएको प्रस्तुतिलाई सबैले मन पराएका थिए । जहाँ उनको प्रस्तुति देखेर सामाजिक सञ्जालमा अमेरिकी श्रोताहरुले निकै सुन्दर रहेको टिप्पणी गर्नुका साथै ‘द भ्वाइस’ उपाधि जितनको लागि शुभकामना समेत दिएको देख्न सकिन्छ ।

बास्तोलाले भारतिय डिजाइनको पहिरहनमा प्रस्तुति दिदै गर्दा आफूलाई गायकी सँगै पहिरन हेर्दा निकै कौंतुहलता हुने गरेको उक्त शोकी कोच ‘जिवेन स्टेफली’ले बताएकी छन् ।

यति मात्र होइन उनलाई समाजिक सञ्जालमा आएर शुभकामना दिने नेपाली मुलका थुप्रै कलाकारहरु समेत रहेका छन् । जहाँ उनलाई समर्थन गर्दै नेपाली गायीका ‘अस्था राउत’ ले आधिकारिक फेस्बुकबाट सबैले उनलाई भोट गर्नु पर्ने स्टाटस लेखेकी थिइन ।

यसै बिच करिशमा मान्नधर र उनकी छोरी कविता मान्नधरले बास्तोलालाई अग्रिम जितको शुभकामना दिदै एक भिडियो सेयर गरेका छन् । अर्को तर्फ कलाकार रोविन शर्मा, दिपक बज्रार्चाय, अभ्या शुब्बा लगाएतका कलाकारहरुले उनलाई भोट गर्ने अपिल गर्नुका साथै जितको शुभकामना व्यक्त गरेका छन् ।

हाल टप ८ मा रहेकी बास्तोला टप ७ मा पुग्ने वा नपुग्ने निर्णय भोटको आधारमा उक्त कार्यक्रम आउँदो मंगलबार गरिदै छ । शो कार्यक्रम्मा बास्तोला सँगै उनकी कोच ‘जोन लिजेन’ले पनि गाउने चरण रहेको छ ।

अहिले पर्याप्त भोट पाएकी बास्तोला टप ७ हुदै शोको उपाधि जित्ने सम्भावना निकै रहेको छ । उनलाई अहिले पनि नेपाल, भारत र अमिरिका लगाएतका दर्शकहरुले निकै समर्थन गरेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु