काठमाडौं । जापान पठाउने बहानामा केही महिना जापानीज भाषा पढाएर रकम ठगी गर्ने घटना पछिल्लो समय निकै बढिरहेका छन् ।

यसै बिच काठमाडौंको जोरपाटिमा घर भएकी ग्रीष्मा रसाईली ठगिन पुगेकी छन् । बाग्लुङ घर भइ काठमाडौंमा बसेर जापान पठाइदिन्छु भनी ठगी काम गर्दै आएका ‘चन्द्र बहादुर सापकोटा’ र ‘सुरज खड्का थोकी’ले रसाईलीबाट ३ लाख रुपैँया ठगेका हुन ।

उनलाई केही समय भाषा पढाएर पैसा पाएपछि सापकोटा समपर्क बिहिन भएको तर थोकीले विभिन्न बाहाना बनाउदै केही समय पछि दिन्छु भन्दै आएपनि ४ महिना एता कुरा फेर्दै आएको पीडित रसाईलीको आरोप रहेको छ ।

उनका अनुसार पहिलो पटक भेट हुँदा सापकोटाले जापानको डकुमेन्ट तयार बनाउने थोकी रहेको बताएका थिए । त्यसै समय सापकोटाले १ लाख र थोकीले २ लाख गरि २ जनाले ३ लाख रुपैँया मबाट प्राप्त गरेको हो त्यो ठगेर सम्पर्क बिहिन भए उनले भनिन् ।

३ लाख दिएपनि पढेको पैसा लाग्छ भने पछि रसाईलीले थोकीलाई २ महिनाको १४ हजार रुपैँया बुझाएकी थिइन् ।

पढनु भन्दा ३ महिना अगाडि ३ लाख लिएका ठगहरुले काम गर्ने जापान जानको लागि ६ लाख लाग्ने बताएका थिए । करिब ५ वर्ष देखि आज दिन्छु भोलि दिन्छु भन्दै आएका थोकीले दिएका छैन्न भने सापकोटा सम्पर्क बिहिन रहेका छन ।

५ वर्षको समयमा थोकीले ८० हजार रसाईलीलाई बुझाएका छन भने सापकोटाले कुनै रकम नबुझाउको पीडितको दावी रहेको छ । थोकीसँग फोन वार्ता हुने क्रम्मा भने बाँकी रहेको पैसा २ दिन भित्रमा दिने बाँचा व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु