काठमाडौं । कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिन निकै प्रयास गर्ने गर्दछन् । ताकी दर्शकले खोट लगाउने ठाउँ कतै नहोस ।

यसै क्रम्मा कुनै सिरियल, फिल्म देखि लिएर अन्य भिडियोहरुमा विवाहको अभिनयको आवश्यक पर्ने गर्दा खुबै जमेर विवाह सम्पन्न गरिन्छ ।

यस समयमा दुरुस्तै विवाह गरे जस्तै तामझामका साथै अभिनयको आवश्यक हुन्छ । उक्त विधामा अभिनय गरेर दर्शकलाई आफूमा आर्कषित गराउनु नै कलाकारहरुको मुख्य भूमिका हो । थुप्रै विधामा जिवन्त अभिनय दिने कलाकार ‘सुरबीर पण्डित’ रहेका छन् । उनी आफ्नो नाम भन्दा पनि ‘दाह्री बा’ उपनामले चिनिने गर्दछन् ।

लामो समय देखि फिल्म र टेलिचलचित्रमा अभिनय गर्दै आइरहेका उनी हाल हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा सक्रिय रहेका छन् । बच्चै देखि फिल्म खेल्ने सपना देखेका दाह्री बाले १८ वर्षको उमेर मै दाह्रि पालेको अभिनय गरेका थिए । त्यस पछि उनलाई प्राय दाह्री पालेको अभिनयमा देख्न सकिन्छ ।

हरेक बिहिबार प्रर्दशनमा आउने हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा विभिन्न समसामायिक घटनाहरुलाई अभिनयको रुपमा देख्न सकिन्छ ।

गत बिहिबार प्रर्दशनमा आएको ७ सय ८२ भागमा दाह्री बाले विवाह गरेको अभिनय गरेका छन् । रातको समय नार्गाजुन मन्दिरमा मेलीना ठकुरीसँग विवाह गरेको अभिनय निकै राम्रो गरेको देख्न सकिन्छ । यस भन्दा अगाडि विवाह गरेका केही अभिनय गर्न पाएका दाह्री बाले यो पटकको अभिनय निकै राम्रो रहेको बताएका छन् ।

एक अलग प्रशंगमा ठकुरीले ‘रिसायनी माफ’ सीरिएलमा विवाहको अभिनय गरेका थियौ तर यसरी तामझामका साथ भएको थिएन दोस्रो पट तामझामका साथ विवाह गर्ने मौका पाउँदा निकै खुशी लागेको छ उनले भने । आगामी ‘मेरी बास्सै’का नयाँ भागहरुमा मेलिनाले दाह्री बाको श्रीमती भएर अभिनय गर्ने उनको भनाइ रहेको छ ।

उमेर ढल्किए तापनि २५ वर्षमा गर्ने अभिनय र अहिलेको अभिनयमा एकै किसिमका देखिने दाह्री बाले अहिलेको विवाहको अभिनय सन्देश मुलक रहेको बताएका छन् ।

सम्बन्धित खबरहरु