काठमाडौं । नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले मतान्तर घटाउनु भएको छ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले मन्त्रीसँग मतान्तर घटाउनु भएको हो । नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की ६५ मतान्तरले अगाडि हुनुहुन्छ ।

यता, कुसियैतले पछिल्लो समय कार्कीसँगको मतान्तर घटाउँदै लानु भएको छ । पछिल्लो जानकारी अनुसार ज्ञानेन्द्र बहादुर कार्की २७,६८५ मतका साथ अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले २७,६२० मत ल्याएर पछ्याइरहनु भएको छ ।

सम्बन्धित खबरहरु