काठमाडौं । कांग्रेसका उम्मेदवारलाई उछिन्दै एमाले उम्मेदवार अगाडि बढेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना–जारी रहेको छ ।

यसबीच सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदीशप्रसाद कुसियैतलाई पछ्याइरहनु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार बिहान २५ मतले अगाडि रहनु भएका एमालेका कुसियैतले कार्कीलाई ३९ मतले उछिन्दै अग्रता लिनुभएको हो ।

एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार ९३१ र कांग्रेसका कार्कीले २९ हजार ८९२ मत प्राप्त गर्नुभएको छ । अब गन्न बाँकी मत एक हजार ३५८ मात्रै रहेको जनाइएको छ ।

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

 

सम्बन्धित खबरहरु