काठमाडौं । स्याङ्जामा एमालेले अग्रता लिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता लिएको हो ।

गल्याङ नगरपालिका–६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमाले उम्मेदवार एवं पूर्वमन्त्री पद्मा अर्याल ४ सय ४४ मतले अगाडि हुनुहुन्छ । एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका धनराज गुरुङले २ हजार २०४ मतसहित पछि हुनुहुन्छ ।

अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५१२ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको हो । निर्वाचन आयोगले हिजो स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित खबरहरु