काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रवि लामिछानेले जनताका काम गर्न थाल्नुभएको छ ।

राष्ट्रिय स्वतन्त पार्टीका सभापति समेत रहनुभएका लामिछानेले मंसिर ४ गते समपन्न भएको निर्वाचनमा भारी मतान्तरका साथ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँले ४९ हजार २६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसमा उम्मेदवार उमेश श्रेष्ठले ३४ हजार १६२ मत ल्याउनुभयो ।

‘न्युज २४’ र ‘ग्यालेक्सि ४ के’ लगायतका टिभिमा प्रस्तोताको रुपमा उदाउनुभएका लामिछानेले ‘सिधा कुरा जन्तासँग’ कार्यक्रम चलाउनुका साथै सामाजिक कार्यमा पनि सम्लग्न हुनुहुन्थ्यो । यसै बिच उहाँ निर्वाचित भएपछि खानेपानीका मुहानहरु खोज्दै नागरिकलाई पानीको समस्या समाधान गर्ने काममा सम्लग्न हुनुभएको छ ।

निर्वाचित हुनु भन्दा पहिले चितवन बासीलाई ‘हर्क साम्पाङ’ले जस्तै पानी खुवाछु भनी आश्वासन दिनुभएका लामिछाने यति वेला उहाँ चितवनबासीलाई पानी खुुवाउन लागि परिरहनुभएको छ ।

उहाँ चितवनको रामनगर बासीलाई लक्षित गरेर पानीका मुहान सफा गर्दै हिडिरहेको देख्न सकिन्छ । उहाँले भरतपुर सम्म पानी आउन सक्ने आँकलन गर्नुभएको छ ।

पुराना पानीका मुहान र संरचनाहरुलाई बेवस्ता गरेका कारण जिर्ण अवस्थामा पुगेका ती मुहानहरुमा सफा गर्ने क्रम जारी नै रहेको छ । जहाँ लामिछाने, सशस्त्र प्रहरी र चितवन बासीले काम गरिरहेका छन् ।

टिभिमा काम गर्दा पनि यस्तै काम गर्दै आएको थिए, अहिले पनि यस्तै काम गर्दै आएका कारण आफूलाई नयाँ काम नलागेको उहाँले बताउनुभयो । सोही समयमा उहाँले यहाँ जनप्रतिनिधि फिल्डमा जान नहुने, जनप्रतिनिधिले नीति बनाउनु पर्छ भन्ने धेरै अनेकौँ तर्कमा लाग्नु कुनै तुक नभएको बताउनुभयो । धेरै प्रतिनिधिहरुले आ–आफना ठेकदार बनाएर राखेका छन तर यस्तो गर्नु भनेको गलत रहेका कारण आफूहरु फिल्डमा पनि आउनु पर्ने उहाँको दावी रहेको छ ।

१९९३ सालमा जापान सरकारले निर्माण गरिदिएको भरतपुर खानेपानी आपूर्ति योजना लामो समय देखि सञ्चालनमा आएको थिएन । उक्त योजनालाई सञ्चालनमा ल्याउन रविको नेतृत्वमा चितवन बासीले श्रम दान गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु