काठमाडौं । गरिबी र बाध्यताले छप्पकै छोपेपछि कस्को के नै लाग्दो रहेछ ।

बुबाको मृत्युपछि पढाई छोडेर भेडा र गाई चराउदै आएका चेलीहरुको एक प्रशंगले समाजलाई प्रेरणा मिल्नेछ ।

बाग्लुङका एक परिवार घनघोर जङगलको बिचमा बस्दै आएका छन् । भेडी गोठमा बसेर आफ्नो जीविको चलाउदै आएका मनिषा र रेविकाको परिवारमा निकै दर्दनाक अवस्था आई परेको छ ।

सानै देखि गोठालो गरेर आइरहेका यी २ दिदी बहिनीको जन्म नै भेडी गोठमा भएको थियो । आजसम्म पनि उनीहरुको घनघोर जङगलको बिचमा नै बास रहेको छ । सधै भरि गाई र भेडाको गोठालो बनेकी मनिषा अहिले पनि उनी पशुहरुबाट एकछिनपनि टाढा हुन सक्दिनन् । उनी बताउँछिन्ः भेडा र गाईबाट एकछिन छुट्दा निकै दुःख लाग्छ ।

सानै छदाँ बुबाको निमोनियाका कारण अकालमै मृत्यु हुन पुगेपछि बैनी रेविकालाई पढाउने देखि लिएर परिवार पाल्ने जिम्मेवारी बोकेकी मनिषा बुबासँगै जङगलमा हिडेको धेरै याद आउने भएका कारण त्यो जङगलमै जान मन नलाग्ने बताउँछिन् ।

अरु नाता खोजेर पाएपनि आमाबुबाको नाता खोजेर पाउन नसकिने बताउँदै आएकी मनिषा रेविकालाई पढाउँने खर्च पनि जुटाउने गरेकी छन् ।

पढेर शिक्षक बन्ने सपना बोकेकी रेविका ३ घण्टाको बाटो हिडेर विद्यालय जाँदा निकै गाह्रो पर्ने गरेको बताएकी छन् । गाई, भेडाको पालन गर्दै आएका दिदी बहिनी सुरिलो भाकामा गीत गाउँनुका साथै घरको काममा एकअर्कालाई सघाँउन पनि निकै जिम्मेवारी रहेका छन् ।

सम्बन्धित खबरहरु