MBA student eating at wedding without invitation, made to wash dishes (Video)

काठमाडौं । भारत, मध्य प्रदेशको भोपालमा भएको एक विवाहको भिडियो भाइरल भइरहेको छ । यो भिडियो दुलहा दुलही वा कुनै नृत्यको होइन, भाँडा धुने काम गरिरहेका एमबीएका विद्यार्थीको हो । वास्तवमा, एक व्यक्ति सित्तैमा खाना खान निमन्त्रणा बिना अर्काको विवाहमा प्रवेश गरेका थिँए ।

त्यहाँ कतिपयले सोधे यो दुलहाको तर्फबाट हो कि दुलहीको पक्षबाट आएको ? जवाफ नआएपछि युवकले झुट पत्ता लाग्यो, अनि उनलाई भाँडाकुँडा धुन लगाइयो । भाइरल भिडियो भोपालको एउटा विवाह मण्डपको हो । भिडियोमा भाँडा माझ्ने युवकले आफ्नो नाम सम्राट कुमार बताउँछन् ।

उनी जबलपुर निवासी हुन्, हाल अध्ययनरत छन् । उनले आफू एमबीए प्रथम वर्षको विद्यार्थी भएको जानकारी गराए । भिडियोमा केही मानिसहरूले युवकलाई विवाहमा आउनुको कारण सोधिरहेका छन् । त्यसमा उनले जवाफ दिए–यस्तो खाना खान्छु भनेर आएँ ।’

सम्राटले सित्तैमा खाना खाइरहेका बेला युवतीले उनीमाथि शंका गरेकी थिइन् । त्यसपछि उनलाई तिमी कसको तर्फबाट आएको हो भनेर सोधियो । यसमा युवकले कुनै जवाफ दिन सकेनन् । त्यसपछि मानिसहरूले उनलाई जुठा प्लेटहरू धुन लगाउँदै घोर अपमान गरेका हुन् ।

https://twitter.com/ArbaZMi75405469/status/1598011064293392384

सम्बन्धित खबरहरु