२० माघ, नेपालगन्ज । १७ ग्राम ब्राउनसुगरसहित बाँकेमा चार जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मध्यपश्चिम क्षेत्रीय अनुसंधान व्यूरोको सक्रियतामा बाँकेको राँझाबाट प्रतिबन्धित लागू औषधसहित आकाश भुजेल, सोनम न्यौपाने, विजयकुमार मल्ल र जगतराज मल्ललाई नियन्त्रणमा लिएको हो ।
व्यूरोका इन्चार्ज अशोक सिंहको नेतृत्वमा गएको टोलीले १७ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर थप अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।