काठमाडौं । निर्वाचन सकिएसँगै विवाह सिजन सुरु भएको छ । यसबीच कलाकारसहित सबैले धमाधम बिहे गर्दैछन् । हालै अभिनेता सलोन बस्नेत पनि विवाह बन्धनमा बाँधिएका छन् ।

यतिबेला चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले विवाह भएको कुरा जानकारी गराएका हुन् ।

उनले अञ्जु आचार्यसँग विवाह गरेका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत रहेको छ ।

उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । विवाहको खबर सार्वजनिक गर्ने गिरीको यो शैली पनि फ्यानले मन पराएका छन् ।

यो गीतको कम्पोज उनी आफैंले गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको हो ।

सम्बन्धित खबरहरु