काठमाडौं । एक महिलाले केटालाई पागल भन्दै अन्तिम समयमा विवाह रद्द गरेकी छिन् ।

भारत, बिहारको खगरियामा बुधबार राति बेहुला र जन्तीलाई दुलहीको परिवारले बन्धक बनाए । मण्डपमा दुलहा दुलही र परिवारका सदस्यहरू उपस्थित थिए । वरमालाको कार्यक्रम चलिरहेको थियो ।

एक्कासि केटीले केटा पागल भएको भन्दै विवाह गर्न मानिनन् । त्यसपछि उनी मण्डपबाट निस्केर घरभित्र पसिन् । अचानक तनाव बढेको देखेर केही जन्ती भाग्न थाले ।

त्यसपछि कतिपय जन्तीलाई माइतीहरुले बन्धक बनाएका हुन् । केटीका अनुसार वरमालाको समयमा केटाले दाईलाई सोधेर सबै कुरा गरिरहेका थिए । केटाको यस्तो व्यवहार देखेर दुलहीले आफन्तलाई भनिन्, ‘दुलहा अलि मन्दबुद्धि (बुद्धि नभएको मानिस) जस्तो लाग्छ ।’

त्यसपछि रिसाएर उनी मण्डप छोडेर गइन् र विवाह गर्न इन्कार गरिन् । त्यसपछि हंगामा सुरु भयो । विवाहमा आएका आधाभन्दा बढी जन्ती भागे । बाँकी जन्ती र बेहुलालाई माइती पक्षले बन्धक बनायो ।

बिहीबार बिहान कुरा मुफसिल प्रहरी चौकीसम्म पुग्यो । प्रहरीले घटनास्थलमा पुगेर स्थानीय जनप्रतिनिधिको सहयोगमा जन्ती र बेहुलालाई माइतीको बन्धनबाट मुक्त गरायो । घटना मुफसिल प्रहरी चौकी क्षेत्र अन्तर्गत पर्ने रहिमपुर पञ्चायतको सोनवर्षा गाउँको वडा नम्बर १५ सँग सम्बन्धित छ ।

सोनवर्षा गाउँका नन्दकिशोर झाकी छोरी छोटीकुमारीको विवाह वडा नम्बर १ का गोपाल झाका २५ वर्षीय छोरा हितेश कुमारसँग हुँदै थियो । बुधबार अबेर राति तीन दर्जनभन्दा बढी जन्ती नाँच्दै गाउँदै बेहुलीको घर पुगेका थिए । त्यहाँ माइती पक्षले शानदार तरिकाले बेहुलासहित जन्तीलाई स्वागत गरे ।

सोही क्रममा वरमालाको लागि दुलहा र दुलहीलाई मण्डपमा बोलाइयो । त्यसपछि समस्या सिर्जना भएको बताइएको छ । वरमालाको समयमा दुलहाले सँगै आएका दाईलाई सबै कुरा सोधेर काम गरिरहेका थिए ।

केटीका अनुसार बेहुलाको बोल्ने र देख्ने शैली कुनै मन्दबुद्धि मान्छेजस्तो देखिन्थ्यो । बेहुलाको व्यवहार देखेर दुलहीले परिवारसँग केटा मन्दबुद्धि भएकोबारे बताइन् । दुलही रिसाएर मञ्च छोडेर गइन् र बिहे गर्न अस्वीकार गरिन् ।

बेहुलीले बेहुला मानसिक रोगी भएको आरोप समेत लगाएन् । त्यसपछि हंगामा सुरु भयो । यता, बेहुला भागेको खबर पाएपछि केही जन्तीहरू पनि फर्किए भने केही भागेनन् । यसैबीच दुलहीको परिवारले जन्ती भाग्दै गरेको कुरा थाहा पायो । त्यसपछि आक्रोशित केटी पक्षका मानिसहरूले केही जन्तीलाई बन्धक बनाएका हुन् ।

सम्बन्धित खबरहरु